विश्वकै हाई अल्टिच्युडको मुस्ताङ गल्फ कोर्समा ४० खेलाडी भिड्दै
मुस्ताङ | भदौ २१, २०८०
पोखरा: विश्वकै अग्लो उचाइमा रहेको दाबी गरिएको मुस्ताङको लोवाथाङ मुस्ताङ गल्फ कोर्समा भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुने भएको छ ।
मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित मुस्ताङ लोवाथाङ मुस्ताङ गल्फ कोर्सलाई वल्र्ड रेकर्ड कायम गराउन भदौं ३० गते दोस्रो संस्करणको गल्फ च्यालेन्ज हुन लागेको जानकारी दिएको हो ।
खेलकुदलाई पर्यटनसँग जोड्नका लागि लोवाथाङमा मुस्ताङ गल्फ कोर्स निर्माण गरेर दोस्रो संस्करणको गल्फ च्यालेन्स आयोजना गरिएको पूर्व प्रदेश सांसद इन्द्रधारा विष्टले बताए ।
‘वर्षायाममा पोखरा लगायत तल्लो क्षेत्रमा, असार देखि असोजसम्म गल्फको मौसम छैन, यसैलाई ध्यान केन्द्रीत गर्न मुस्ताङ पुग्ने पर्यटकलाई जोड्न पनि गल्फ कोर्स निर्माण गरेका हौं, विष्टले भने, ‘खेलकुदलाई पर्यटनसँग जोड्ने हाम्रो लक्ष्य छ त्यसैलाई पूरा गर्न दोस्रो संस्करणको गल्फ च्यालेन्ज आयोजना गर्दै छौं ।’
उनले दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भएपछि भारतको पूर्वी सिक्किममा रहेको याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्ने बताए ।
‘लोवाथाङ स्थित मुस्ताङ गल्फ कोर्स समुन्द्र सहतबाट ४६४५(१५२३९.५ फिट) उचाईमा रहेको छ’, उनले भने, ‘यस कोर्समा दोस्रो संस्करणको गल्फ च्यालेन्स सम्पन्न भए, भारतको पूर्वी सिक्किमको कु–पुपमा रहेको (३९७०) याक गल्फ कोर्सको पूरानो किर्तिमानीलाई तोड्दै विश्वको उच्च उचाईमा रहेको गल्फ कोर्सको रुपमा दर्ज हुनेछ ।’
भारतको पूर्वी सिक्किमको याक गल्फ कोर्षलाई सर्वाधिक उचाईको गल्फ कोर्स मानिदै आएको छ । लोवथाङस्थित मुस्ताङ गल्फ कोर्समा दोस्रो संस्करणको गल्फ कोर्स सम्पन्न भए ‘मुस्ताङ गल्फ कोर्स’ विश्वकै सर्वाधिक उचाईमा दावी गर्दै ‘गिनिज बुक्स अफ वल्र्ड रेकर्ड’मा दर्ज गर्ने तयारी गरिएको छ ।
भदौं ३० गते हुने दोस्रो संस्करणको गल्फ च्यालेन्समा काठमाडौं, पोखरा धरान र बुटवल लगायतका ४० खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् जसमा ४ जना महिला रहेको आयोजकले जनाएको छ ।
इभेण्ट नौ होलमा ३÷४ ह्याण्डि क्यापको साथ स्थिर फोर्ड ढाँचामा खेलाइनेछ । प्रतियोगितामा ‘होल इन वन’को विजेतालाई घोडा वा सो बरावरको रु एक लाख नगद पुरस्कार प्रदान गरिने पूर्वसांसद विष्टले बताए ।
पोखरा: कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् । अखिल ने...
पाेखरा: कास्की क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले सहिदको शालिकमा माल्यार्पण गरेर घेटघाट शुरु गरेको छ । सो क्षेत्रका प्रत्यक्ष तर्फका उम्मेदवार राजकाजी गुरुङसहितको टोलीले...
पोखरामा प्रतिभा सुपर लिग (पिएसएल) क्रिकेट प्रतियोगिता शुरु भएको छ । प्रतिभा मावि पोखराको आयोजना तथा पोखरा महानगरपालिका क्रिकेट संघको सहयोग र समन्वयमा पोखरामा आजदेखि अन्तर माध्यमिक विद्यालय क्रिक...

